• ट्रेण्डिङ:

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

रोदिक खबर

१७, आश्विन २०७७
  • 3.0K
    SHARES
  • प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

    अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।

    शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

     

    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - २१:४२:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको