प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई संक्रमण पुष्टि भएको छ ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको हो ।
‘सुरक्षाकर्मी लगायत थुप्रैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भने ‘तर हामीलाई कुनै लक्षण देखिएको छैन ।’