• ट्रेण्डिङ:

पिसिआर गरेको भएपनि होमक्वारेन्टीन अनिवार्य   

पिसिआर गरेको भएपनि होमक्वारेन्टीन अनिवार्य   

रोदिक खबर

१८, आश्विन २०७७
  • 5.9K
    SHARES
  • पिसिआर गरेको भएपनि होमक्वारेन्टीन अनिवार्य   

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले विदेशबाट आउनेक्रममा पिसिआर परीक्षण गराएका स्थानीयलाई पनि अनिवार्य होम क्वारेन्टीनमा राख्ने भएको छ ।

    आफ्नै क्षेत्रमा एकै दिन तीन जना कोरोना संक्रमित फेला परेपछि खोटेहाङ गाउँपालिकाले विदेशबाट आउने व्यक्तीले गाउँपालिका प्रवेश गर्दा अनिवार्य पिसिआर परीक्षण गरेको हुनुपर्ने र पिसिआर परीक्षण गरेको भएपनि तोकिएको अवधिसम्म अनिवार्य होमक्वारेन्टनमा राख्ने भएको हो ।

    विदेशबाट घर फर्कनेक्रममा गाउँपालिका प्रवेश गर्ने व्यक्तिले अनिवार्य होम क्वारेन्टीनमा बस्नका लागि सम्वन्धित वडा कार्यालयसँग कबुलियतनामा गर्नुपर्ने व्यवस्था गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । विदेशबाट आउने व्यक्तिले गाउँपालिका प्रवेश गर्दा पिसिआर परिक्षण नगरेको भए गाउँपालिकाले तोकेको क्वारेन्टीनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । 

    स्वदेशका विभिन्न स्थानबाट गाउँपालिका प्रवेश गर्ने व्यक्तिले सम्वन्धित वडासँग कबुलियतनामा गरेर तोकिएको अवधिसम्म अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

    आइतबार गाउँपालिका अध्यक्षको अध्यक्ष्तामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सामाजिक, साँस्कृतिक पर्व, भेला, जात्रा, गोष्ठी, सेमीनार नगर्ने/नगराउने, गाउँपालिकाभित्र सञ्चालित कार्यालय उच्च स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने, शिक्षण सहजीकण निर्देशिका बजोजिम सञ्चालन भइरहेको सिकाई क्रियाकलाप अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

    यस्तै, गाउँपालिकाभित्र रहेका बजार, साप्ताहिक बजार तथा मन्दीरहरुको आवागमनकाक्रममा उच्च सतर्कता अपनाउँदै अनिवार्य मास्क प्रयोग गरेर सञ्चालन गर्न भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा गाउँपालिकाको सूचनाको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने उल्लेख छ । 


    विदेशबाट कोरोना नेगेटिभ रिपोर्ट लिएर आएका खोटेहाङ गाउँपालिका–६ इन्द्राणीपोखरीका एक जना र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका एक जना पुरुषलाई शनिबार कोरोना पोजिटिभ देखिएको थियो । संक्रमितमध्ये इन्द्राणीपोखरीका पुरुष हप्ता दिनअघि साउदीअरवबाट र लिच्कीराम्चेका पुरुष पनि हप्ता दिनअघि कतारबाट आएका हुन् ।

    विदेशमा कोरोना नेगेटिभ देखिए पनि उनीहरुलाई होमक्वारेन्टीनमा राखिएको अवस्थामा पुःन पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष राईले बताए । खोटेहाङमा ७ जनाको पिसिआर परिक्षणमा पठाउँदा शनिबार तीन जनालाई कोरोना पोजिटिभ भएको पूष्टी भएको थियो । अर्का संक्रमित खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका पुरुष छन् । उनी ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् ।

    गाउँपालिका अध्यक्ष राईले आइतबार विज्ञाप्ती जारी गर्दै आफ्नो स्वास्थ्यप्रति सजगता अपनाउन, सकरात्मक सोच राख्न, अनाश्वक भीडभाड तथा भेला नगर्न, आवश्यक कार्यका लागि बाहिर निस्कदा मास्क, पञ्जा, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न, नियमित व्यायम गर्न, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाउन, गाउँपालिका भित्रिने व्यक्तीको बारेमा जानकारी गराउन आग्रह गरेका छन् । 

    kho.jpg

    khor.jpg

    प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - २०:०९:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको