शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

२८ वर्षीया सोमिका तामाङले जन्माइन् पाँच शिशु

२८ वर्षीया सोमिका तामाङले जन्माइन् पाँच शिशु

रोदिक खबर

१९, आश्विन २०७७
  • 3.4K
    SHARES
  • २८ वर्षीया सोमिका तामाङले जन्माइन् पाँच शिशु

    काठमाडौँ । तपाईं हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छिन् ।

    उहाँले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । ‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,’ उनले भनिन्, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’

    डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

    अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गरेका थिए । (अनलाइनखबरबाट ।)

    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - २१:२९:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको