• ट्रेण्डिङ:

मंगलवार तपाईंको दिन कस्तो रहला ? हलेसी महादेवलाई सम्झदै हेर्नुहोस् राशिफल ।

मंगलवार तपाईंको दिन कस्तो रहला ? हलेसी महादेवलाई सम्झदै हेर्नुहोस् राशिफल ।

रोदिक खबर

२०, आश्विन २०७७
  • 2.6K
    SHARES
  • मंगलवार तपाईंको दिन कस्तो रहला ? हलेसी महादेवलाई सम्झदै हेर्नुहोस् राशिफल ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आफ्नो दैनिक काम समयमा सम्पादन गरी बँचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागि समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    कामको सवालमा विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्तत,घरपरिवार तथा साथीभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी वढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाई लेखाईमा सहपाठी हरुलाई पछी पार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । राम्रा तथा परिणाममुखि काम गरी अरुको मन जित्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    समय र परिस्थितिले साथ नदिँदा व्यापारमा लगानि डुव्ने खतरा रहेको छ । व्यापारकै सवालमा गरीने यात्रा निस्फल हुनेछ । सानो बिषयमा घर परिवार तथा आफन्तसँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्तम रहेको छ । साहशीलो काम गरेर लाभ लिन सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    पढाई लेखाईमा आफ्नै कारणले कमजोरी गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पत्ती तथा उपाहार प्राप्तीको योग रहे पनि टरेर जानेछ । तर पनि मिहेनत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यवसायमा मन्दी आउने भए पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    राम्रा तथा परिणाममूखी काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

    तपाईको दिन शुभ रहोस् ।
    ज्योतिषी दुर्गा भण्डारी ।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०७:३७:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको