• ट्रेण्डिङ:

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

रोदिक खबर

२०, आश्विन २०७७
  • 3.4K
    SHARES
  • नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

     बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।

    नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो ।

    सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

    छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो ।

    धरानमा पनि संक्रमितको मृत्यु

     बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

    सुनसरीको धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्या थियो ।

    पीसीआर परीक्षण गराउँदा असोज १२ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । ज्वरोलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई उपचारका लागि असोज १२ गते नै अस्पताल भर्ना गरिएको डा. श्रेष्ठको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १०:२१:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको