• ट्रेण्डिङ:

दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

रोदिक खबर

२०, आश्विन २०७७
  • 3.4K
    SHARES
  • दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

    खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्जको बाँडफाँड टुंगो लगाएको छ । केन्द्रमा तत्कालिन एमाले र माओबादी केन्द्रको एकीकरण भएको झण्डै दुई वर्षपछि जिल्लामा नेकपाले १० पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको हो ।

    पालिका स्तरीय कमिटिको अध्यक्ष र सचिवको टुंगो लगाएको केही समयपछि नेकपाको असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउनेक्रममा पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको जनाएको छ । 

    मंगलबार बिहान नेकपाले पुष्पलाल स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख जीवन राई (संगीन)ले ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपीलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज, साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको जानकारी दिए ।

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्च विश्वकर्माले इन्चार्ज र इन्द्र दंगालले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा देबी रेग्मीले इन्चार्ज र बिरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुंगेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सिताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निसाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको भूमीका पाएका छन् ।

    नेकपाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर २ को प्रमुखमा दिपक पाण्डे आकाशलाई जिम्मेवारी तोकेको छ । 

    यस्तै, नेकपाले १८ वटा बिभाग पनि तोकेको छ । संगठन विभागको प्रमुखमा रामप्रसाद दंगाल, उप–प्रमुखमा दिपक पाण्डे र सचिवमा जलसेर राई चयन भएका छन् ।  

    स्थानीय तह तथा परिचालन बिभागको प्रमुखमा देवबिक्रम राई, उप–प्रमुखमा लिला श्रेष्ठ र सचिवमा रमेश तिवारी, पार्टी स्कुल बिभागको प्रमुखमा बिनोद आचार्य, उप–प्रमुखमा प्रकाश चौंलागाई र सचिवमा बिष्णु राई, आर्थिक व्यवस्थापन बिभागको प्रमुखमा उपिनकुमार राई, उप–प्रमुखमा जयप्रकाश राई र सचिवमा राजन आचार्य चयन भएका छन् । 

    यस्तै, उदिम किराती मुक्ति प्रमुख रहेको अनुशासन, न्याय, कानून तथा मानव अधिकार बिभाग, जलसेर राई प्रमुख रहेको युवा तथा खेलकुद, सनमान खड्का प्रमुख रहेको उद्योग तथा बाणिज्य विभाग, दिपनारायण रिजाल प्रमुख रहेको पुस्तकालय तथा अभिलेख विभाग, दिलचक्र राई प्रमुख रहेको सामाजिक सुरक्षा तथा विपद व्यवस्थापन विभाग, नरेशराज राई प्रमुख रहेको भौतिक पुर्वाधार तथा पर्यटन/अनुगमन बिभाग, गणेश कोईराला प्रमुख रहेको कृषि वन तथा जलश्रोत बिभाग, जेनी राई प्रमुख रहेको निर्वाचन विभाग गठन गरिएको नेकपाले जनाएको छ । 

    यस्तै, जीवन राई संगीन प्रमुख रहेको प्रचार तथा प्रकाशन विभाग, कल्पना चाम्लिङ सोनिया प्रमुख रहेको साहित्य कला तथा संस्कृति बिभाग, चईन्द्र राई प्रमुख रहेको सहकारी तथा गैसस विभाग, अर्जुन खड्का झंकार प्रमुख रहेको शिक्षा तथा स्वास्थ्य विभाग, मनकुमारी रसाइली रश्मी प्रमुख रहेको उपभोक्ता हित, जनसम्पर्क विभाग र पुन्यबहादुर मगर (हिरण्य) प्रमुख रहेको श्रम, रोजगार तथा गरिबि निवारण विभाग गठन गरिएको नेकपाले जनाएको छ । 

    यस्तै, गीतामायाँ राईलाई महिला, लिला निरौलालाई मजदुर, मनिषा राईलाई इन्जिनियरिङ, बिणादेबी राईलाई जनसंस्कृति र सम्बर भुजेललाई आदिवासी जनजाती तथा सिमान्तकृतको फाँटको जिम्मेवारी दिइएको छ । नेकपाले ५ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटि सदस्य थप गरेको जानकारी दिएको छ । 

    यस्तै, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले आफ्नो सदस्यले  जातीय छुवाछुत गरेको प्रमाणित भए कडाईका साथ कारबाही गर्ने जनाएको छ ।

    जिल्लाका दलित समुदायले सुरु गरेको संघर्षमा ऐक्यवद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निष्कासन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्न समेत बन्देज गर्ने निर्णय गरिएको नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले जानकारी दिए । 

    बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ वर्गको अपांगता भएका व्यक्ति, भूपु इन्डियन र ब्रिटिस आर्मीको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गर्ने, कोरोनाको संक्रमण रोकथामका लागि जनचेतनामुलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायतका निर्णय गरेको जनाएको छ । 

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १७:२६:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको