• ट्रेण्डिङ:

थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

रोदिक खबर

२०, आश्विन २०७७
  • 1.7K
    SHARES
  • थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५५१ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५०९ महिला र १०४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

    सक्रिय संक्रमित २२ हजार ७०९ छ । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १७:४६:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको