शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

डा. केसीको स्वास्थ्य अवस्था कमजोर, अक्सिजनको मात्रा घट्यो : अस्पताल

डा. केसीको स्वास्थ्य अवस्था कमजोर, अक्सिजनको मात्रा घट्यो : अस्पताल

रोदिक खबर

२०, आश्विन २०७७
  • 2.2K
    SHARES
  • डा. केसीको स्वास्थ्य अवस्था कमजोर, अक्सिजनको मात्रा घट्यो : अस्पताल

    काठमाडौं ।  चिकित्सा शिक्षा सुधारका माग राख्दै २३ दिनयता अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर बनेको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीको रगतमा अक्सिजनको मात्रा निकै नै कम देखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। 

    डा. केसीको उपचारमा संलग्न डा सुवास प्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९० प्रतिशतसम्म घटेको छ। हाल उनलाई अक्सिजनको सहायता दिन थालिएको छ। डा. आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्ने बताउँदै जुनसुकै बेला आइसियूमा राख्नुपर्ने बताएको छ।

    यसका साथै डा केसीको श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको अस्पतालले मंगलबार साँझ जारी गरेको केसीको मेडिकल बुलेटिनमा उल्लेख छ। 

    डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको, सुगरको मात्रा पनि कम भएको र पोटासियमलगायतका अत्यावश्यक तत्व पनि कम देखिएको छ।

    चिकित्सकहरूले डा केसीको अवस्था खराब हुँदै गएको बताएपनि उनले कुनै उपचार लिन मानेका छैनन्। उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्। सरकारले भने उनका मागप्रति कुनै चासो देखाएको छैन।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - २३:१५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको