• ट्रेण्डिङ:

इलाका प्रशासन कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द

इलाका प्रशासन कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द

रोदिक खबर

२१, आश्विन २०७७
  • 6.0K
    SHARES
  • इलाका प्रशासन कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द

    खोटाङ । इलाका प्रशासन कार्यालय खोटाङबजारबाट दिइने सेवा पूर्णरुपमा बन्द गरिएको छ । कार्यालय प्रमुखलाई कोरोना भाइरसको संक्रमण देखिएपछि  खोटेहाङ गाउँपालिकामा पर्ने उक्त कार्यालबाट दक्षिणी क्षेत्रका लागि दिइने सेवा अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए । 

    गाउँपालिका अध्यक्ष राईका अनुसार कार्यालय प्रमुखलाई आइसोलेसनमा राखिएको छ भने उनीसँगै काम गर्ने दुई कर्मचारीलाई होम आइसुलेसनमा राखेर पिसिआर परीक्षणका लागि स्वाव पठाउने तयारी गरिएको छ ।

    खोटेहाङ गाउँपालिकामा तीन जना, जन्तेढुंगा गाउँपालिकामा दुई जना र जिल्ला प्रहरी कार्यालयका दुई प्रहरी गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जना संक्रमित रहेको जिल्लामा २१ जना संक्रमितले कोरोना जितिसकेका छन् ।

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १०:३८:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको