शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

जेष्ठ नागरिक र अपाङ्गलाई खाद्यान्न वितरण

जेष्ठ नागरिक र अपाङ्गलाई खाद्यान्न वितरण

रोदिक खबर

२२, आश्विन २०७७
  • 10.6K
    SHARES
  • जेष्ठ नागरिक र अपाङ्गलाई खाद्यान्न वितरण

    सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ का जेष्ठ नागरिक र क र ख वर्गका अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरिएको छ ।

    अल्ट्रा म्याराथनका विश्व च्याम्पियन धावक दाछिरी दावा शेर्पाद्वारा खोलिएको ‘एशोसिएसन दावा शेर्पा पारानिस एण्ड मारानिस पोर्ली नेपाल’ द्वारा वडा भरिका एक सय ३१ जना जेष्ठ नागरिक र अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरिएको हो । उनीहरुलाई प्रतिव्यक्ति ३० केजीका दरले चामल वितरण गरिएको हो ।

    Rahat1.jpg

    टाक्सिन्दुको टाग्गोन सेन्डुप थर्लिङ गुम्बाका औतारी लामा टुल्कु ङवाङ थर्चेन रिम्पोछेले प्रमुख अतिथिको रुपमा राहत वितरण गर्दै यो एकदमै धर्मको काम भएको बताए । 

    त्यस्तै, विशिष्ट अतिथिका रुपमा बोल्दै वडा अध्यक्ष छोङ्बा लामा शेर्पाले बिशिष्ट गाउँका गरिब तथा निम्न आर्थिक अवस्था भएका जेष्ठ नागरिक तथा अशक्तलाई यो महामारीको समयमा सहयोग गर्ने काम सह्रानीय भएको बताए । उनले नजिकिँदै गरेको दशैँमा जिल्ला बाहिरबाट आफन्त आउँदा संक्रमण भित्रिनेतर्फ संकेत गर्दै गाउँमा आएकाहरुको जानकारी वडा कार्यालयलाई दिन स्थानीयलाई आग्रह गरे । 

    रहात वितरण गर्ने संस्थाका अध्यक्ष फुछिरिङ शेर्पाले यस अघि विभिन्न सामाजिक काम गरिरहेको जानकारी दिँदै अहिले कोरोनाको महामारीको समयमा पहिलो प्राथमिकता खाद्यान्न भएकाले सदरमुकामबाट केही दुर्गममा रहेको टाक्सिन्दुमा खाद्यान्न वितरणको कार्यक्रम गरिएको जानकारी दिए ।

    अधिकाँस जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरु परिवारका सदस्यको भरमा जीविकोपार्जन गर्नुपर्ने अवस्थामा महामारीका कारण परिवारका सदस्यको समेत काम धन्दा बन्द भएको अवस्थामा मानवीयताको हिसाबले  सहयोग वितरण गरिएको उनले बताए । खाद्यान्न वितरण गरिएका अधिकांश वृद्ध र अशक्तहरु गरिब तथा विपन्न रहेको उनको भनाइ छ । 

    राहत पाएपछि बृद्धहरुले खुशी व्यक्त गरेका छन् । किर्तिमानी आरोही बाबुछिरी शेर्पाका ८४ वर्षिय लाक्पा शेर्पाले संकटको यस अवस्थामा जेष्ठ नागरिकलाई खाद्यान्न दिएर ठूलो गुन लगाए भन्दै खुशी व्यक्त गरे ।

    rahat2.jpg

    कार्यक्रममा नगर कार्यपालिका सदस्य सरिता राई, स्थानीय विद्यालयका शिक्षकहरु, स्थानीय अगुवा लगायतको उपस्थित रहेको थियो । 

    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - ०८:५६:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको