काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेकाे छ भने कोरोनाबाट हालसम्म ६०० जनाले ज्यान गुमाएका छन्।