• ट्रेण्डिङ:

‘सरकारले अनशनरत डा. केसीको ज्यान लिने नियत राख्यो’

‘सरकारले अनशनरत डा. केसीको ज्यान लिने नियत राख्यो’

रोदिक खबर

२४, आश्विन २०७७
  • 2.2K
    SHARES
  • ‘सरकारले अनशनरत डा. केसीको ज्यान लिने नियत राख्यो’


    काठमाडौं ।  अनशनरत डा. गोविन्द केसी पक्षले सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. केसीको ज्यानै लिने सरकारको नियत उदांगो भएको आरोप लगाएको छ। 

     डा. केसीका तर्फबाट सरकारसँग वार्ता गर्न गठित समितिका संयोजक डा. जीवन क्षेत्रीले शनिबार बिहान विज्ञप्ति जारी गरी सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. केसीको ज्यान लिने नियत राखेको आरोप लगाएका हुन्। उनले सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गरेको पनि बताएका छन्। 

    ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गयो। साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो,’ डा. क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा। केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो।’

    डा. केसी पक्षले सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति हुन नसकेको बताएको छ। डा। क्षेत्रीले राज्यको राजनीतिक नेतृत्व पक्षले बुँदागत समझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्ने प्रयास गरेको  बताएका छन्।

    ‘दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा‍। केसीले राखेका माग सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो। तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त सझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गर्‍यो।

    त्यसक्रममा अनौपचारिक पहलमार्फत डा. केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो,’ विज्ञप्तिमा भनिएको छ।

    डा. क्षेत्रीले डा. केसीको अनशनको २७ दिन पुग्दा उनको स्वास्थ्य नाजुक भएको बताउँदै तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारलाई आग्रह गरेका छन्। 

    डा. क्षेत्रीले सत्याग्रही डा. केसीको ज्यान नै लिने सरकारको ह्रिंस्रक चरित्रविरुद्ध एकजुट भएर नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई अपील गरेका छन्।  ‘सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १२:५६:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको