• ट्रेण्डिङ:

एकैदिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित

एकैदिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित

रोदिक खबर

२४, आश्विन २०७७
  • 1.9K
    SHARES
  • एकैदिन थपिए ५ हजार ८ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १ हजा ८२३ महिला र ३ हजा १८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

    यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १६:५७:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको