शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

रोदिक खबर

२४, आश्विन २०७७
  • 1.6K
    SHARES
  • पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जानकारी दिएका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा एक उनले भनेका छन्, ‘गत सोमवार कोरोना परिक्षण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रवार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो ।

    आज शनिवार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन ।

    केहि दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

    मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’

    yu-450x225.gif

    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - २३:०३:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको