खोटाङ । नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन खोटाङको अध्यक्षमा प्रतिक आचार्य चयन भएका छन् ।
सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको संस्थाको अध्यक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पाचिउरीडाँडाका आचार्य चयन भएका हुन् ।
अध्यक्ष आचार्यका का अनुसार सामाजिक समस्याप्रति आम नागरिकहरुलाई सचेत गराउने, समाजमा हुने हरेक विभेद विरुद्ध शसक्त रुपमा खबरदारी सहित उचित मार्ग दर्शन गर्ने, समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने यस संस्थाको मुख्य उद्धेश्य रहेको छ।
एक बर्ष अघि समाजसेवा गर्ने उदेश्यले बिस्तार भएको यो संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको र छ ।