त्रिवि शिक्षण अस्पतालमा २७ दिनयता अनसनरत डा गोविन्द केसीले आइतबार बिहान अनसत तोड्ने भएका छन् । शनिबार मध्यरातमा सरकारी र केसी पक्षीय वार्ता टोलीबीच ८ बुँदे सहमति भएसँगै केसीले अनसन तोड्ने भएका हुन् ।
८ बुँदे सहमतिमा शिक्षा सचिव तथा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा केसीले हस्ताक्षर गरेका छन् ।
केसीले चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन शुरू गरेका थिए ।

