• ट्रेण्डिङ:

अरिंगालको टोकाईबाट एकको मृत्यु

अरिंगालको टोकाईबाट एकको मृत्यु

रोदिक खबर

२५, आश्विन २०७७
  • 3.4K
    SHARES
  • अरिंगालको टोकाईबाट एकको मृत्यु

    खोटाङ । अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु भएको छ । बिच्किएको अरिंगालको टोकाईबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिं राईको मृत्यु भएको हो ।

    शनिवार अरिंगालले टोकेका राईको आईतबार उपचारकोक्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोबिन्द साहले बताए ।

    राईलाई घाँस काट्न गएको अवस्थामा बिच्किएको अरिंगालले शरीरका विभिन्न ठाउँमा टोकेको थियो । घाँस काट्न गएका आफन्तले उनलाई अरिंगालले टोकेर गम्भीर घाईते बनाएको अवस्थामा जंगलमा फेला पारेका थिए ।

    उनी घाँस काट्न एक्लै खोलामा पुगेका थिए । उपचारका लागि आइतवार बिहान अस्पताल पु¥याएको केही समयपछि नै पातलसिंको मृत्यु भएको आफन्त एबं पूर्वसभाषद दुर्गाजयन्ती राईले बताईन् ।

    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १५:४२:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको