• ट्रेण्डिङ:

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

रोदिक खबर

२५, आश्विन २०७७
  • 2.0K
    SHARES
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्व सत्ता पक्षाकै सांसदहरूले अविश्वासको प्रस्ताव पेस गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १८ जना सासंदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    उनीहरुले सरकारको कामकारबाही फितलो भएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको जनाएका छन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएका छन् । पत्रमा नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीविरूद्व अविश्वासको प्रस्ताव गरिएको हो ।

    सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।

    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १६:३१:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको