• ट्रेण्डिङ:

नोबेल मेडिकल कलेज बिराटनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

नोबेल मेडिकल कलेज बिराटनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

रोदिक खबर

२६, आश्विन २०७७
  • 3.0K
    SHARES
  • नोबेल मेडिकल कलेज बिराटनगरमा   एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

    पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए । उपचारका लागि आइतबार साँझ ६ः२५ बजे नोबेल ल्याइएका उनलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

    दुवै मृगौला फेला भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - ०९:३६:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको