• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतक संख्या ६४५ पुग्यो

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतक संख्या ६४५ पुग्यो

रोदिक खबर

२६, आश्विन २०७७
  • 1.8K
    SHARES
  • कोरोना संक्रमणबाट  थप ९ जनाको  मृत्यु, मृतक संख्या ६४५ पुग्यो

    नेपालमा कोरोना संक्रमणको कारण थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो कुल संक्रमितको ० दशमलव ५८ प्रतिशत हो । आज मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ५३० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १६:४४:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको