खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरेको छ । गाउँपालिकाले मंगलबार वडा नम्बर–१ याम्खा खामडाँडाकी ९६ वर्षीया धनकुमारी रायालाई घरैमा पुगेर सम्मान स्वरुप एक थान सिरक, एक थान डसना, एक थान बेडसिट, एक थान सिरानी, एक बट्टा हर्लिक्स र एक वटा झुल गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले सम्मान स्वरुप प्रदान गरेका हुन् ।
लामो समयसम्म जीवनयापन गरिरहेका ज्येष्ठ नागरिकको स्वास्थ्य स्थिति र आर्शिवाद लिंदै गाउँपालिकाले साउन ४ गतेबाट सुरु गरेको सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडाका एक जना महिला र एकजना पुरुष ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
यसअघि गाउँपालिकाले छोरम्बुका ९५ वर्षीय जगत बहादुर बस्नेत, ९६ वर्षीया सन्तमाया राई, सप्तेश्वर छितापोखरीका ९१ वर्षीय जसबहादुर राई, ८५ वर्षीया चन्द्रकला थापा, छितापोखरी अखटेकी ९१ वर्षीया विष्णुमाया भुजेल र धिप्लुङका ९० वर्षीय बुद्धिमान दर्जीलाई सम्मान गरेको थियो ।