• ट्रेण्डिङ:

बुधबार थपिए २ हजार ६३८ जना कोरोना संक्रमित, २ हजार १७४ जना डिस्चार्ज

बुधबार थपिए २ हजार ६३८ जना कोरोना संक्रमित, २ हजार १७४ जना डिस्चार्ज

रोदिक खबर

२८, आश्विन २०७७
  • 1.5K
    SHARES
  • बुधबार थपिए २ हजार ६३८ जना कोरोना संक्रमित, २ हजार १७४ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

    काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
    देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

    तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १६:५६:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको