• ट्रेण्डिङ:

सांसद सानु शिवाको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सांसद सानु शिवाको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

रोदिक खबर

२८, आश्विन २०७७
  • 4.4K
    SHARES
  • सांसद सानु शिवाको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौँ – प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार बिहान उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो।

    उनको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

    ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्।

     

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १७:०५:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको