काठमाडौं । कोरोना वीमा गरेका बीमितहरु संक्रमित भएमा उनीहरुको परीक्षण र उपचार शुल्क बिमा रकमबाट काटिने भएको छ। सरकारले वीमा नगरेकाहरु गरिब, जेष्ठ नागरिक, एकल महिला, असहाय, अतिअपांग, फ्रन्टलाइनमा सुरक्षाकर्मी, सञ्चारकर्मी, सफाइकर्मी र स्वास्थ्यकर्मीमा लक्षण देखिएको अवस्थामा मात्रै निःशुल्क परीक्षण गर्ने नीति सरकारले लिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशका पाँचौँ पटक परिमार्जन भएको जानकारी दिँदै बीमितको परीक्षण शुल्क बिमा रकमबाट काटिने व्यवस्था गरिएको बताए।
मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गौतमले उल्लेख गरेका छन्। अबदेखि आर्थिक रुपमा विपन्न, असहाय, एकल महिला, जेष्ठ नागरिक,अतिअपाङ्ग व्यक्ति, फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलगायतका जोखिम क्षेत्रमा काम गरिरहेकालाई लक्षण वा चिन्ह देखिएमा निशुल्क परीक्षण गरिने छु, उनले भने, ुतर उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भए परीक्षण शुल्क बिमा रकमबाट काटिने छ।ु