• ट्रेण्डिङ:

सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुग्यो

सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुग्यो

रोदिक खबर

२८, आश्विन २०७७
  • 2.5K
    SHARES
  • सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुग्यो

    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । 

    उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन्  । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ । 

    यस्तै देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  कोरोनाबाट थप १२ को मृत्यु, संक्रमण निको हुनेको संख्या ८१ हजार नजिक पुगेको छ ।

    यसैगरी काठमाडौं उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । 

    यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ भने निको हुनेका संख्या ८० हजार ९५४ रहेको छ। 

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १७:४४:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको