शुक्रवार, भाद्र २६ गते २०८३

मन्त्रिपरिषद्‍ पुनर्गठन : रक्षाबाट हटाइए ईश्‍वर पोखरेल, तीनजना नयाँ मन्त्री थपिए 

मन्त्रिपरिषद्‍ पुनर्गठन : रक्षाबाट हटाइए ईश्‍वर पोखरेल, तीनजना नयाँ मन्त्री थपिए 

रोदिक खबर

२८, आश्विन २०७७
  • 5.1K
    SHARES
  • मन्त्रिपरिषद्‍ पुनर्गठन  : रक्षाबाट हटाइए ईश्‍वर पोखरेल, तीनजना नयाँ मन्त्री थपिए 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् । दुई मन्त्रीको जिम्मेवारी पनि ओलीले हेरफेर गरेका छन्।

    अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा  कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा  लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्। त्यस्तै उनले यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

    यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।

    Appointment-10-14.jpg

    प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १९:३३:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको