• ट्रेण्डिङ:

बिहीबार थपिए ३ हजार ७४९ कोरोना कोरोना संक्रमित

बिहीबार थपिए ३ हजार ७४९ कोरोना कोरोना संक्रमित

रोदिक खबर

२९, आश्विन २०७७
  • 2.0K
    SHARES
  • बिहीबार थपिए  ३ हजार ७४९  कोरोना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १८:०३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको