शुक्रवार, भाद्र २६ गते २०८३

सरकारले गर्यो सचिवहरुको सरुवा, को कहाँ ?

सरकारले गर्यो सचिवहरुको सरुवा, को कहाँ ?

रोदिक खबर

३०, आश्विन २०७७
  • 3.1K
    SHARES
  • सरकारले गर्यो सचिवहरुको सरुवा, को कहाँ ?

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका सचिव सूर्य गौतमलाई युवा तथा खेलुकद मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

    यसैगरी जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

    यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी एकनारायण अर्याललाई दिइएको छ । पर्यटन मन्त्रालयमा सचिव पद रिक्त हुँदै आएको थियो ।

    यसैगरी सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई ऊर्जा आयोगमा पठाइएको छ ।

    यसैगरी प्रधानमन्त्रीका कार्यालयका सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् । यस्तै हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ००:१८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको