महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता कृषिविज्ञ मदन राईलाई सम्मान गरिएको छ ।
महिला बालबालिका पुःर्नस्थापना केन्द्र खोटाङको प्रथम साधारणसभाको अवशरमा जग्गादाता राईलाई सम्मान गरिएको हो । राईलाई प्रतिनिधिसभा सांसद गुरुङले दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरेकी हुन् ।
राईले दिक्तेलको रत्नपार्क किरातचोकभन्दा माथि निःशुल्क जग्गा उपलव्ध गराएपछि महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माण गरिएको हो ।
महिला एकता अध्ययन केन्द्रको कार्यालयमा भएको साधारणसभाले महिला बालबालिका पुःर्नस्थापना केन्द्रको एक तले भवनमा तला थप गर्ने र घेरावारा गर्ने, हिंसा पीडित महिलालाई पूःर्नस्थापना गर्ने, मनोसामाजिक परामर्श तालिम सञ्चालन गर्ने, पीडित महिलालाई आयआर्जन गर्न सक्ने सीप सिकाउने लगायतका भावी योजना तय गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद गुरुङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख वविी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, मानवअधिकार आयोगकी सुमित्रा राई, ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल, केपीलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेबी वन, दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, गैससमहासंघका अध्यक्ष दानबहादुर राई लगायत लगायतको उपस्थितिरहेको थियो ।