शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शाकाहारीको लागि दशैँ टिप्स : यी खानेकुरा खाने की !

शाकाहारीको लागि दशैँ टिप्स : यी खानेकुरा खाने की !

रोदिक खबर

८, कार्तिक २०७७
  • 2.0K
    SHARES
  • शाकाहारीको लागि दशैँ टिप्स : यी खानेकुरा खाने की !

    काठमाडौँ – बडादशैँ अर्थात् सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । परदेश गएकाहरु कुटुरो च्यापेर मातृभूमि फर्किजाऔँ भन्ने भाव ल्याउने चाड । त्यसैले नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घर घरमा दशैँ आएको छ ।

    एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ ।

    नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्य

    सैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगीचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे ।
    हो, साँच्चै दशैँ खास छ ।

    नेपालीहरुको महान् चाड दशैं भन्नेबित्तिकै माछामासुको सेवन सागै जोडिन्छ । वर्षभरी मासु खान नसकेकाहरूले पनि ऋण गरेरै भएपनि सिंगै खसी काट्ने प्रचलन अझैपनि कतिपय स्थानमा यथावत् रहेको छ ।

    तर शाकाहारीका लागि दशैँ खानपिनको भन्दा पनि भेटघाटको पर्व हो, टिकाटालो, भेटघाट र आर्शिवाद ग्रहण गर्ने नै मूख्य काम हुन्छ ।

    स्नेहा जो पार्टी गर्ने, माछामासुविना खानै नबस्ने, जनावरलाई त्यति वास्ता नगर्ने, जिद्दी अनि ‘गो विद दि फ्लो’भन्ने हठी स्नेहाबाट पशुप्रेमी, भेगन, सानोसानो कुरामा रमाउने, प्रकृतिप्रेमी बनाइदियो । यहाँसम्मकी केही उद्देश्य नै नभएको स्नेहाको जीवनमा एउटा ‘पर्पोज’ल्याइदियो ।

    त्यही पर्पोजलाई पूरा गर्ने क्रममा अहिले स्नेहा एनिमल एक्टिभिस्ट भएकी छिन् । ‘स्नेहाज् केयर’नामक संस्था स्थापना गरेर सबैले बेवास्ता गरेका, अलपत्र सडकमा छोडिएका, घाइते, बेवारिसे कुकुरहरुलाई ‘माया र केयर’दिन्छिन् ।

    उनी मासुजन्य पदार्थ नखाने मात्र होइन, पशुबाट बन्ने कुनै पनि उत्पादन प्रयोग गर्दैनन् । यतिसम्म कि उनी दुध दहि ३य पनिर छालाको जुत्ता र लेदर कपडाहरु समेत लगाउँदिनन् । उनी भन्छिन निर्दोष जनावरलाई वलि दिनु ठिक होईन । दशैँमा मात्र होइन पशु वलीको सधैका लागि अन्त्य गर्नुपर्छ ।

    दशैँको बेला देविका मठ मन्दिर र पशु वधशाला उस्तै लाग्छ । दशैँमा धर्मको नाममा हुने पशुवली मान्छेको बाहाना मात्र हो कुन ग्रन्थमा लेखेको छ पशुवलिको बारेमा । दशैँमा त रिसरागको वली दिनुपर्छ ।

    त्यसो भए शाकाहारी अर्थात् भेजिटिरियनले दशैँमा के खाने त ?

    अहिले कोरोना भाइरसको प्रकोप व्याप्त छ । कोरोनाको कारण मानिसहरु आत्तिएका छन् । सक्रिय संक्रमितको संख्या बढीरहेको यो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनको निम्ति पनि पौष्टिक आहारको उचित प्रयोग गर्नुपर्छ । त्यसैले :

    पनिर
    च्याउ
    कुरीलो
    हरियो तरकारी
    फलफूल
    दूध, दही
    मिठाई
    पहेँला फलफूल
    (विभिन्न बियाँहरु फर्सिको दाना, सूर्यमुखीको बियाँ, छोकडा, नरिवल, जुस खान सकिन्छ।)

    (लोकपथ डटकमबाट ।)

    प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०९:२२:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको