शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दुई स्थानमा बिओपी स्थापना

दुई स्थानमा बिओपी स्थापना

रोदिक खबर

८, कार्तिक २०७७
  • 1.9K
    SHARES
  • दुई स्थानमा बिओपी स्थापना

    बर्दिया । जिल्लाको दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपी स्थापना गरिएको हो ।

    शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले शिलान्यास गरे ।

    शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति रहेको थियो । रासस

    प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०९:३४:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको