शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

जन्तेढुंगा गाउँपालिकाका दुई संक्रमितको दोश्रो पिसिआर रिपोर्ट पनि पोजिटिभ 

जन्तेढुंगा गाउँपालिकाका दुई संक्रमितको दोश्रो पिसिआर रिपोर्ट पनि पोजिटिभ 

रोदिक खबर

८, कार्तिक २०७७
  • 2.6K
    SHARES
  • जन्तेढुंगा गाउँपालिकाका दुई संक्रमितको दोश्रो पिसिआर रिपोर्ट पनि पोजिटिभ 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका दुई जना कोरोना संक्रमितमा पुःन कोरोना पोजिटिभ देखिएको छ । गत असोज १८ गते कोरोना संक्रमण पूष्टी भएपछि होमआइसोलेसनमा राखिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला र एक पुरुषको पिसिआर परिक्षणकाक्रममा पुःन पोजिटिभ रिपोर्ट आएको हो ।

    दोश्रो पल्ट गरिएको पिसिआर परिक्षणकाक्रममा पनि कोरोना पोजिटिभ देखिएपछि संक्रमितलाई थप १४ दिन होमआइसोलेसनमा बस्न भनिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए । गत असोज ३० गते नमूना संकलन गरेर पिसिआर परिक्षणमा पठाइएकामा कात्तिक ५ गते पोजिटिभ रिपोर्ट आएको थियो ।

    सुरुमा माईती घर बिराटनगर पुगेर घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषको स्वाव संकलन गरेर पठाउँदा संक्रमण पूष्टी भएपछि उनीहरुलाई होमआइसोलेसनमा राखिएको थियो । उनीहरुको १४ दिनपछि पुःन पिसिआर परिक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताए । 

    यसैबीच, केपीलासगढी गाउँपालिकाका एक जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाकी एक ३० वर्षकी महिलालाई बिहिबार कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पतालका डा. प्रबिण झाले बताए ।

    यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । संक्रमितमध्ये २७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ७ जना उपचारमा छन् । 

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १७ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, खोटेहाङ गाउँपालिकामा ४ जना, साकेला गाउँपालिकामा ३ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, केपीलासगढी गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना,  ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई संक्रमण पूष्टी भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन् । हालसम्म रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् । 

    प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०९:४२:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको