• ट्रेण्डिङ:

बञ्चरोले टाउकोमा हानेर आमाको हत्या

बञ्चरोले टाउकोमा हानेर आमाको हत्या

रोदिक खबर

९, कार्तिक २०७७
  • 2.2K
    SHARES
  • बञ्चरोले टाउकोमा हानेर आमाको हत्या

    कञ्चनपुर । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए। उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ । रासस

    प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - १२:१२:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको