शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

१२, कार्तिक २०७७
  • 4.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार २४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

    प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १६:३१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको