• ट्रेण्डिङ:

दिक्तेलबजारमा खाद्यन्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने 

दिक्तेलबजारमा खाद्यन्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने 

रोदिक खबर

१४, कार्तिक २०७७
  • 5.9K
    SHARES
  • दिक्तेलबजारमा खाद्यन्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा खाद्यन्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने जनाएको छ ।

    नगरपालिकाले बिहीबार विज्ञप्ति जारी गर्दै नगरको केन्द्र तथा प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजार र नगरपालिकाको क्षेत्रभित्रका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खाद्यान्न, इन्धन र औषधि पसल मात्रै खोल्न दिइने जनाएको हो ।

    दिक्तेलबजारमा खाद्यन्न, इन्धन र औषधि पसल मात्रै खोल्न पाइने, नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैह्र निकाय लगायत सम्पूर्ण बैंक, वित्तिय संस्थाहरु अर्को आदेश नभएसम्म बन्द गर्ने, अत्यावश्यक काममा बाहेक कोही पनि नागरिक हिडडुल नगर्ने, हिडडुल गर्नै परेमा मास्क प्रयोग गरी सामाजिक दुरी कायम गरेर हिडडुल गर्नुपर्ने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, नगर क्षेत्रभित्र सञ्चालन भएका यातायातका साधनहरु अत्यावश्यक काम भएमा मात्र सुचारु गर्ने, नगरपालिकाका मातहतका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालयहरु अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्नुपर्ने नगरप्रमुख दिपनारायण रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनिएका कुराहरु पालना गर्नमा अटेर गरेमा जो कोहीलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने नगरप्रमुख रिजालले बताए ।

    कोरोना भाइरसबाट आफु बचौं र अरुलाई पनि बचाउँ भन्दै नगरपालिकाले दिक्तेलबजारमा दैनिक रुपमा माईकिङ पनि गरिरहेको छ । हालसम्म यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २० जना संक्रमित हुँदा १५ जना कोरोना जितेर घर फर्केका छन् भने ५ जना उपचाररत छन् । 

    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०७:२०:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको