शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

१४, कार्तिक २०७७
  • 2.8K
    SHARES
  • पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २ हजार १५६ पुरुष र १ हजार ३६१ महिला गरी ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १६:४५:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको