• ट्रेण्डिङ:

हेर्नुहोस् २०७७ साल कार्तिक १६ गते आइतवारको राशिफल || हलेसी महादेवले सबैको कल्याण गरुन ||

हेर्नुहोस् २०७७ साल कार्तिक १६ गते आइतवारको राशिफल || हलेसी महादेवले सबैको कल्याण गरुन ||

रोदिक खबर

१६, कार्तिक २०७७
  • 2.2K
    SHARES
  • हेर्नुहोस् २०७७ साल कार्तिक १६ गते आइतवारको राशिफल || हलेसी महादेवले सबैको कल्याण गरुन ||

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    अध्ययनमा मन लाग्ने वा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहेको छ । तर पनि न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । प्रेममा धोका तथा अविस्वास सिर्जना हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैंकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ । तर पनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    राजनीतिज्ञको लागि समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाई लेखाईमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    खोज तथा अनुसन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    नसोचेको स्थानबाट धन आगमनको गतिलो योग रहेको छ । सापटी दिएका रुपैया पैसा फिर्ता आउनेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्दै निरन्तरता दिन सकिनेछ । आफन्त तथा कुटुम्बबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । तर पनि व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुस हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारका रुपमा विलाशी वस्तु हात लागि हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । तरपनि व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । लामो दुरिको यात्राको तय हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    साथीभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यवसायमा लगानी गरी मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

    तपाईको दिन शुभ रहोस् ।
    ज्योतिषी दुर्गा भण्डारी ।

    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०६:०८:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको