काठमाडौं, कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो।
कोरोना संक्रमण र निमोनियाको समस्या देखिएपछि उनलाई कात्तिक १२ गते ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको थियो। विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ।