शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त 

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त 

रोदिक खबर

२२, कार्तिक २०७७
  • 3.6K
    SHARES
  • गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त 

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्ती गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आव्हान गरेपछि ५४ जना उम्मेदवारको आवेदन परेको हो ।

    १ जना गाउँपालिका हवल्दार र ४ जना गाउँपालिका प्रहरी जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आव्हान गरेको थियो ।

    दरखास्त दिने अन्तिम दिन मंगलबारसम्ममा प्रहरी हवल्दारका लागि ७ जना र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनौट प्रकृयाका लागि अर्को सूचना आव्हान गरिने गाउँपालिकाले जनाएको छ । 

    गाउँपालिकाको शान्ति–सुरक्षा एबं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।

    ७ वटा वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    गाउँप्रहरी हवल्दारका लागि एसइइ वा सो सरह उत्तिर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तिर्ण गरेका महिला र पुरुषबाट दरखास्त आव्हान गरिएको थियो । हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ ।

    उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढि कमजोर नभएको र शारीरिक रुपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

    जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाले गत वर्ष नै ३ जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वान लगायतका प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गाउँप्रहरीसँगै चार जना अहेव (सहायक चौथो) र तीन जना अनमी (सहायक चौथो) नियुक्तीका लागि समेत दरखास्त आव्हान गरेको थियो । 

    प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - १८:०८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको