डेमोक्रेटिक पार्टीका डेमोक्र्याटिक पार्टीका जो बाइडेन संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्।
मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका द न्युयोर्क टाइम्सले जनाएको छ।
अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हुन्।
पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए।
त्यसैगरी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुने भएकी छन्। कमला पहिलो अमेरिकी उपराष्ट्रपति हुने भएकी छन्।