• ट्रेण्डिङ:

कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु

रोदिक खबर

४, भाद्र २०७७
  • 3.2K
    SHARES
  • कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु

    खोटाङ । कोरोना भाइरस संक्रमणका कारण बिहीबार ६ जनाको मृत्यु भएको छ । बिहीबार सप्तरी, पर्सा, बारा, चितवन, काठमाडौं र रुपन्देहीमा १र१ जनाको मृत्यु भएको हो ।
    सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका सप्तरी राजविराज नगरपालिका ४ का २८ वर्षीय युवकमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

    ज्वरो आएको र सास फेर्न गाह्रो भएपछि युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो ।
    बारामा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्युपछि करोना संक्रमण पुष्टि भएको छ । बुधबार राति ११ बजेतिर श्वास प्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पताल पुर्या इएको थियो । अस्पतालमा पुर्‍याएलगतै  उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

    काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका९१३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

    रुपन्देहीको देवदहमा नगरपालिका९३ शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेका अनुसार बुधबार संक्रमण पुष्टि भएका ती व्यक्तिमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । उनको देवदह मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।

    पर्साको वीरगन्जमा बिहीबार साँझ वीरगन्ज महानगरपालिका(१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु  भएको छ । वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा उनको बिहीबार साँझ पौने ७ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी  दिएका छन् ।

    बधुबार परीक्षण गरेर कोरोना संक्रमण पुष्टि भएपछि उनको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो । योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ । 

    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - २०:१८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको