• ट्रेण्डिङ:

ट्रकले ठक्कर दिँदा मोटसाइकलमा सवार तीनको मृत्यु

ट्रकले ठक्कर दिँदा मोटसाइकलमा सवार तीनको मृत्यु

रोदिक खबर

२६, कार्तिक २०७७
  • 2.1K
    SHARES
  • ट्रकले ठक्कर दिँदा  मोटसाइकलमा सवार तीनको मृत्यु

    दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मंगलवार राति ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

    दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - ०९:४७:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको