• ट्रेण्डिङ:

तिहारको तेश्रो दिन आज : गाई,गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदै

तिहारको तेश्रो दिन आज : गाई,गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदै

रोदिक खबर

३०, कार्तिक २०७७
  • 3.2K
    SHARES
  • तिहारको तेश्रो दिन आज : गाई,गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई,गोवर्द्धन,गोरुको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

    स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

    नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकोछ ।

    कार्तिक कृष्ण औशी बिहान ११ बजेर २७ मिनेटमा सकिएर प्रतिपदा लागेसँगै कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात आजकै दिन गाईको पूजा गर्न लागिएको हो ।

    आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रकोहेछ ।

    गोवर्द्धन पूजा

    आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

    वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

    प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०७:२६:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको