• ट्रेण्डिङ:

हेर्नुहोस् २०७७ साल मंसिर २ गते मंगलवारको राशिफल

हेर्नुहोस् २०७७ साल मंसिर २ गते मंगलवारको राशिफल

रोदिक खबर

२, मंसिर २०७७
  • 2.0K
    SHARES
  • हेर्नुहोस् २०७७ साल मंसिर २ गते मंगलवारको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ भने व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेको छ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् । सहयोगीहरुले हात झिक्नाले व्यापार व्यावसायमा मन्दी आउनेछ । वौद्धिक क्रिर्याकलापमा सहभागि हुने अवसर जुरेपनि भनेजस्तो पारिश्रमिक पाईनेछैन । पढाई लेखाईमा अरुनै हावि हुनेछन् । समयको गतिसँग बढ्न नसक्दा अरुभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले आफन्त तथा मावली पक्षको सहयोग पाईनेछ । माया प्रेममा नजिक हुन सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेको छ । साँझपख समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    मिहेनतको फल अरुले हत्याउन कोसिष गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुख दिनेहरु सक्रिय हुनेछन् । व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागि केही समय पर्खँदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । साझपख छोटो दुरिको यात्रा हुनेछ भने माया प्रेममा नजिक हुन सकिनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आफ्नो दैनिक काम समयमा सम्पादन गरी बँचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाजिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । साँझपख लामो दुरिको यात्रा हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । कृषी तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । प्रशासनिक तथा सरकारी सेवामा ढिला सुस्तिको चपेटामा परिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले बिलम्ब हुन सक्छ । साझबाट समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागि उत्तम रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - ०७:३९:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको