काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । भक्तपुर, ललितपुर र कास्कीका २/२, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, रोल्पा, रुपन्देही, बाँके र दाङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।