शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउन अटेर

बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउन अटेर

रोदिक खबर

६, मंसिर २०७७
  • 4.1K
    SHARES
  • बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउन अटेर

    खोटाङ ।  खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउन अटेर गरेको पाइएको छ । 

    बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहरा हटाउनका लागि गाउँपालिकाले पटक–पटक दिएको समयसिमालाई स्थानीयले बेवास्ता गरेको पाइएको छ ।

    दुई पल्ट दिएको समय सीमालाई बेवास्ता गरिएपछि गाउँपालिकाले तेश्रोपल्ट २०७६ साल मंसिर ३० गते १५ दिने समय सिमा जारी गरेको थियो ।

    तेश्रोपल्ट दिएको समयसिमालाई समेत बेवास्ता गरेपछि सार्वजनिकस्थलको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन बल प्रयोग गर्नुपर्ने अवस्था आएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । 

    नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीको जग्गा मिचेर बनाइएका घर तथा टहरा १५ दिनभित्र नहटाइए बल प्रयोग गरेर घर तथा टहरा हटाउनका लागि प्रशासनलाई गुहार्ने गाउँपालिकाको तेश्रो सूचनामा उल्लेख थियो ।

    सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्नेक्रममा बाधकका रुपमा देखिएपछि हटाउनका लागि प्रयास थालिएको हो । 

     

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - ०९:५१:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको