शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिकाद्वारा धितुङका ३४५ किसानलाई बीउ तथा कृषि सामग्री वितरण

हलेसी तुवाचुङ नगरपालिकाद्वारा धितुङका ३४५ किसानलाई बीउ तथा कृषि सामग्री वितरण

रोदिक खबर

६, मंसिर २०७७
  • 6.4K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाद्वारा  धितुङका ३४५  किसानलाई बीउ तथा कृषि सामग्री वितरण

    खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानलाई बीउ तथा कृषि सामग्री वितरण गरेको छ ।

    नगरपालिकाले जीविकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडिसि) को सहयोगमा शनिबार धितुङका ३४५ घरपरिवार किसानलाई कृषि सामग्री तथा बीउ वितरण गरेको हो ।

    विपन्न किसानलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले हिल ट्यांक, प्लाष्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउविजन वितरण गरेका छन् ।

    किसानलाई पानी संकलन गर्नका लागि हिल ट्यांक, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री प्रदान गरिएको हो ।

    नगरपालिकाका ११ वडामध्ये कात्तिक २५ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ३२५ परिवार र मंसिर ४ गते हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका २१६ घर किसानलाई कृषि तथा बीउ विजन वितरण गरिएको थियो ।

    कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई कृषि सामग्री वितरण सुरु गरिएको  नगरप्रमुख राईले बताए ।

     गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ४ हजार ५३ घर किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो ।

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - २०:२८:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको