• ट्रेण्डिङ:

प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

रोदिक खबर

८, मंसिर २०७७
  • 4.5K
    SHARES
  • प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

    पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।

    ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीकाप्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

    दुर्घटनामा चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् ।

    दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरे ।

    प्रहरी नायव उपरिक्षक हमालका अनुसार छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ ।

     

    प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - १८:२६:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको