शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता

बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता

रोदिक खबर

११, मंसिर २०७७
  • 2.9K
    SHARES
  • बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता

    चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना नदीमा पौडिएर निस्किन सफल भएका छन् ।

    चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको हो ।

    दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते छन् । घाइते मुकुन्दले पानीमा पौडिएर बाहिर आएको प्रहरीलाई जानकारी दिएका छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    बेपत्ता हुनेमा  प्युठानको झिम्रुक गाउँपालिका–१ की श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।

    प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । पिकअप भ्यान पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजीकार्य गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - ०९:२६:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको